बन्ने भयो, दासढुंगा ‘२’


प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार

फिल्म ’दासढुंगा २’ बन्ने भएको छ । झण्डै दश वर्ष अघि बनेको मनोज पण्डित निर्देशित फिल्मको दोश्रो भाग बन्ने भएको हो । दासढुंगा २ मा कुमार भट्टराईको लेखन तथा निर्देशन रहनेछ ।

दासढुंगा काण्ड पछि त्यसको प्रत्यक्ष असर पारेका क्षेत्रको कथालाई फिल्मले उठाउने छ । जसको लागि अनुसन्धान भैरहेको निर्माता अपिल विष्टले जानकारी दिएका छन् । सोमबार फिल्मको थिम पोस्टर समेत सार्वजनिक गरिएको छ ।

जहाँ ’राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दर्घटना’लाई फिल्मले केलाउने देखाइएको छ । फिल्मले ’दासढुंगा’ हत्या हो कि दुर्घटना हो ? भन्ने प्रश्नको चिरफार पनि गर्ने विष्टले बताएका छन् ।

फिल्मको कलाकार तथा प्राविधिक भने पक्का भैसकेका छैनन् । लगत्तै हुने निर्माता विष्टको भनाई छ । फिल्ममा केहि ’दासढुंगा’का कलाकार समेत हुनेछन् भने केहि नयाँ रहने छन् ।

अपिल विष्ट फिल्मसको प्रस्तुति रहने फिल्मसँग अस सिनेमा र म्याजिक माउन्टेन मुभिजले सहकार्य गरेका छन् । कुशल पाण्डे निर्माता रहने फिल्ममा दीपक ओली र प्रकाश केसीले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नेछन् । भने, सह-निर्मातामा प्रदीप आचार्य रहेका छन् ।

सिनेमा ’दासढुंगा’मा सौगात मल्ल, अनुप बराल, संचिता लुइँटेल, दयाहाङ राई, विश्व बस्नेत, बिएस राणा, रामशरण पाठक, डा, केपी भण्डारीलगायतको अभिनय थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com