युवतीलाई बन्धक बनाएर यौन धन्दामा लगाउने पक्राउ


प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार

धरानका होटलमा बन्धक बनाइेका ६ जना युवतीलाई प्रहरीले उद्धार गरेको छ। स्थानीय चारजना होटल संचालकले जबरजस्ती होटलमा बन्धक बनाएर यौन व्यवसायमा लगाएको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धरानको टोलीले ती होटलहरुमा छापा मारी ६ युवतीको उद्धार गरेको डिएसपी ढुण्डिराज न्यौपानेले बताए। उनका अनुसार प्रदेश–१ का विभिन्न जिल्लाहरुबाट युवतीलाई जबरजस्ती होटलमा बन्धक बनाएर होटलमा आउने पाहुनाहरुसँग महँगो रकम लिएर यौन सम्पर्कमा गरिएको थियो।

युवतीहरुलाई बन्धक बनाएर जबरजस्ती यौन कार्यमा लगाएको भन्दै प्रहरीले होटल संचालकहरु दिपेन्द्र श्रेष्ठ, खिसाबहादुर राई, लिला बहादुर बस्नेत र नविन मगरलाई पक्राउ गरेको छ। संखुवासभा, झापा, सुनसरीको चतारकी एकरएक युवती र धरानका तीन युवती सहित ६ जनालाई युद्धार गरि परिवारको जिम्मा लगाइेको उनले बताए।

प्रहरीले धरान–७ को होटल एवान, परेली होटल, धरान–९ को होटल साकेला र धरान–१२ को फाइन होटलमा छापा मारेर प्रहरीले बन्धक बनाइेका युवतीको उद्धार गरेको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले धरान आसपासका होटलहरुमा पूर्वी पाहाडी जिल्लाहरुबाट युवती ल्याएर बन्धक बनाई जबरजस्ती यौन क्रियाकलापमा लगाउने गरेको पाइेपछि अन्य होटलहरुमा समेत निगरानी बढाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com