अष्ट्रेलियामा यो वर्ष उच्च माग तथा पीआरको सम्भावना भएका पेशाहरु


प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार

अष्ट्रेलियामा यो वर्ष अर्था २०१८ / १९ मा सात पेशाहरुको माग उच्च देखिएको छ । ‘स्किल्ड माइग्रेसन प्रोग्राम’ अन्तर्गत राखिएका ती दक्ष पेशामा माग उच्च देखिएको हो ।

२०१८ /१९ मा उच्च माग तथा पीआरको सम्भावना रहेका पेशामा नर्स, इलेक्ट्रीसियन, माध्यमिक तहको लागि शिक्षक, मोटर मेकानिक, मेटल फिटर, सिकर्मी र जोइनर रहेका छन् । ‘स्किल्ड माइग्रेसन प्रोग्राम’ अन्तर्गत यी पेशामा अष्ट्रेलिया आउने व्यक्तिले अष्ट्रेलियाको जुनसुकै ठाउँमा रहेर काम गर्ने अनुमति साथै पीआर पनि पाउँछन् ।

२०१८ को सेप्टेम्बर सम्ममा ४१३ नर्सले मात्र इन्भिटेसन पाएका थिए । जबकि, २०१८/१९ मा १७ हजार ३ सय २२ नर्सको माग रहेको थियो । त्यस्तै, इलेक्ट्रीसियन, माध्यमिक तहको लागि शिक्षक, मोटर मेकानिक, मेटल फिटर, सिकर्मी र जोइनर पेशामा भिसाको लागि आवेदन दिने मध्ये निकै कमले मात्र इन्भिटेसन पाएका छन् । भिसाको लागि आवेदन दिइसकेपछि सीप, योग्यता र आवश्यक मापदण्डको आधारमा मूल्यांकन गरेर अष्ट्रेलिया सरकारले भिसाको इन्भिटेसन दिने गर्छ । सिप, योग्यता र आवश्यक मापदण्ड नमिलेमा भिसा आवेदन रद्द हुन्छ ।

माग उच्च हुनु तथा इन्भिटेसन कम भएका कारण यी सात पेशामा रहेका व्यक्तिहरुलाई अष्ट्रेलियाको पीआर लिने सम्भावना यो वर्ष बढी छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com