युवतीका विषयमा झगडा हुँदा धनकुटामा एकजना युवकले आफ्नै साथीको हत्या गरेका छन् । महालक्ष्मी नगरपालिका–२ मारेक माझगाँउका २५ वर्षीय घनेन्द्र लिम्बूले सोही वडा बस्ने २२ वर्षीय सन्तोष लिम्बूको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।
वैशाख पूर्णीमाको अवसरमा स्थानीय साकेला थान ‘मन्दिर’मा लागेको उभौली मेलामा रातभर नाचगान र खानपिनसँगै गरेका सन्तोषलाई घनेन्द्रले चेलीलाई आँखा लगाएर जिस्काएको भन्दै छुरी प्रहार गरेको प्रहरीले जनाएको छ । छुरी प्रहारबाट घाइते सन्तोषको आइतबार बिहान ५ बजे घटनास्थलमै मृत्यु भएको हो।
छुरा प्रहार गर्ने घनेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टमका लागि धनकुटा अस्पताल पठाइएको छ ।,सामाचार राजधानी दैनिकले छापेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।