जंगली च्याउ खाँदा तीनको मृत्यु


प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार

जंगली च्याउको सेवनबाट लमजुङमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । एकसाता अघिको च्याउ सेवनले गम्भीर बिरामी क्व्हालोसोंथर गाउँपालिका ९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्रीको आइतबार बिहान ४ बजेतिर पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि बिहीबार उहाँको छोरा १२ वर्षीय मन्तोष क्षेत्री र छिमेकीका छोरा १० वर्षीय साजन क्षेत्रीको मृत्यु भैसकेको छ । सुलबहादुरका श्रीमती सरिताको काठमाडौंस्थित ओम अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । वैशाख २७ गते शुक्रबार जंगली च्याउ सेवनपछि बिरामी भएका उनीहरुलाई उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो । उक्त अस्पतालमा उपचार हुन नसकी काठमाडौंस्थित नेशनल अस्पताल लगिएको थियो ।

उपचार सम्भव नभएपछि फर्काइेका सुलबहादुर बिहीबारदेखि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा राखिएको थियो । उहाँको श्रीमती सरिताको काठमाडौंस्थित ओम अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

उपचारको क्रममा सुलबहादुरको छोरा मन्तोषको नेशनल अस्पतालमा गत बिहीबार नै मृत्यु भएको थियो । उपचार सम्भव नभएपछि काठमाडौंबाट घर फर्काइेका साजनको गत सोमबार गाउँमै मृत्यु भएको क्व्होलासोंथर गाउँपालिका ९ गिलुङका वडाध्यक्ष नन्दजङ गुरुङले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीका अनुसार साजनको बुवा रामबहादुर क्षेत्री र आमा तारा क्षेत्री उपचारको क्रममा पोखरा गएको र घरमा एक्लै हुने भएपछि साजनलाई छिमेकी सुलबहादुर क्षेत्री र सरिताको घरमा बस्न लगाइेको थियो ।

सुलबहादुरले वैशाख २७ गते शुक्रबार दिउँसो गाउँ नजिकैको जंगलबाट च्याउ टिपेर ल्याएको र त्यही दिन बेलुका पकाएर खाएका थिए । च्याउ सेवनपछि छिमेकीका छोरासहित परिवार नै बिरामी परेका थिए । उनीहरुलाई गाउँलेले उपचारका लागि पोखरा पु¥याएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com