Follow @khasokhasmag

लुक्लामा दुर्घटनाग्रस्त हेलिकोप्टर झुण्ड्याएर ल्याइयो काठमाडौं


प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार

सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरले ठक्कर दिँदा क्षतिग्रस्त भएको हेलिकोप्टरलाई काठमाडौं ल्याइएको छ ।

श्रीएयरलायन्सको एक्युरेयल हेलिकोप्टरलाई आइतबार श्री एयर लायन्सको एमआई सेभेन्टिन हेलिकोप्टरले डोरीमा झुण्ड्याएर दुर्घटनाग्रस्त हेलिकोप्टरलाई त्रिभुवन विमानस्थल ल्याएको हो ।

उडानमा समस्या आएमा वा बिग्रेको अवस्थामा सानो हेलिकोप्टरलाई एमआई सेभेन्टिन हेलिकोप्टरले डोरीमा झुण्ड्याएर ल्याउने गरिएको छ ।
दुर्घटनाग्रस्त हेलिकोप्टरलाई दुई दिन लगाएर काठमाडौं ल्याइएको बताइएको छ । गत १ वैशाखमा हेलिकोप्टर दुर्घटन भएको थियो ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com