११ वर्षपछि बढ्यो भिसा शुल्क,अमेरिकी पर्यटकलाई ३० दिनको भिसा शुल्क १ सय २५ अमेरिकी डलर


प्रकाशित मिति : जेष्ठ ५, २०७६ आईतबार

सरकारले ११ वर्षपछि विदेशीका लागि भिसा शुल्क वृद्धि गरेको छ । सरकारले विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिँदै आएको छ । नयाँ दस्तुरअनुसार भिसा शुल्क ३० अमेरिकी डलर पु-याइएको छ । यसअघि उनीहरूले २५ डलर तिर्दै आएका थिए । त्यस्तै ३० दिनको बहुप्रवेशी भिसाको शुल्क ४० बाट ५० तथा ९० दिनको भिसा शुल्क सयबाट एक सय २५ अमेरिकी डलर पु-याइएको छ ।

पर्यटक भिसाको म्याद थप्न विगतमा प्रतिदिन दुई डलर लाग्थ्यो । अब तीन डलर लाग्नेछ । म्याद थप अवधिका लागि बहुप्रवेशी भिसा शुल्क विगतमा २० डलर रहेकोमा २५ डलर पु-याइएको छ । भिसाको म्याद सकिएर नियमित गर्नुपर्ने अवस्थामा अब एक दिनको पाँच डलर लाग्छ । पहिले यो शुल्क तीन डलर थियो । भिसा शुल्क वृद्धि नभएको करिब ११ वर्ष भएकाले समसामयिक बनाइएको अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले बताए । १ साउन ०६५ देखि भिसा शुल्क बढेको थिएन । गृह मन्त्रालयको प्रस्तावमा दुई साताअघिको मन्त्रिपरिषद्को बैठकले भिसा शुल्क बढाउने निर्णय गरेको हो । यो राजपत्रमा प्रकाशित भएदेखि लागू हुनेछ ।

यसैगरी नेपालमा अध्ययनका लागि आउने विद्यार्थीको भिसा शुल्क पनि बढेको छ । डिग्री प्रोग्रामअन्तर्गत नेपाल आउने विदेशी विद्यार्थीले भिसा लिँदा तिर्नुपर्ने शुल्क पाँच डलर बढेर ३० डलर पुगेको छ । अध्यापन तथा अनुसन्धान गर्न आउने विदेशी र तिनका आश्रितले यसअघि मासिक ४० डलर तिर्नुपर्नेमा अब ५० डलर तिर्नुपर्नेछ । शिक्षक आदान–प्रदान कार्यक्रमअन्तर्गत आएका विदेशीले तिर्नुपर्ने शुल्क पनि पाँच डलर पुगेर १५ डलर तिर्नुपर्ने भएको छ ।

त्यस्तै, नेपाली मूलका विदेशी, नेपाली बाबु तथा आमाका विदेशी राहदानीबाहक सन्तानले मासिक १० डलर तिर्नुपर्नेछ । पत्रकार तथा तिनका आश्रित र नेपाली नागरिकसँग विवाह गर्ने विदेशीलाई मासिक १५ डलर शुल्क तोकिएको छ । दातृराष्ट्र र नेपाल सरकारबीच सम्झौता भई दातृराष्ट्रको प्रत्यक्ष लगानीमा सरकारी संस्थामा कार्यरत विदेशी र उनीहरूका परिवारले प्रतिमहिना ३० डलर तिर्दै आएकामा अब ५० डलर तिनुपर्ने भएको छ । बहुप्रवेशी सुविधासहितको आवासीय भिसा जारी गर्न प्रथमपटक पाँच सय डलर नवीकरण गर्दा वार्षिक दुई सय डलर तिनुपर्नेछ । विगतमा भिसा जारी गर्दा दुई सय तथा नवीकरण गर्दा एक सय डलर थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले सन् २०२० लाई पर्यटक वर्षका रूपमा मनाउने तयारी गरिरहँदा भिसा शुल्क बढाउन लागेको हो । शुल्कवृद्धिप्रति व्यवसायीले भने असन्तुष्टि व्यक्त गरेका छन् । तर, शुल्क थोरै मात्रै बढाइएकाले यसले पर्यटन व्यवसायलाई खासै असर नगर्ने अध्यागमन विभागका अधिकारीहरू बताउँछन्  . यो समाचार आजको नयाँ पत्रिकामा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com