नेपालमा समातिएका भारतीय नागरिक छुटाउन , हस्तक्षेप गर्न भन्दै विदेश मन्त्रालयमा निवेदन


प्रकाशित मिति : जेष्ठ ५, २०७६ आईतबार

गत हप्ता प्रहरीले काठमाडौं स्थित दरबारमार्ग नजिकै रहेको पाँचेतारे होटेल याक एण्ड यतिबाट हाइप्रोफाइल १२ भारतीय नागरिकलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो । नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

भारतमा साइन ग्रुपको नामले सञ्चालित नेटवर्किङ्ग बिजनेशलाई नेपालमासमेत विस्तार गर्नको लागि नेपाली नागरिकलाई साहभागी गराइ नेटवर्किङ व्यापार प्रशिक्षण र तालिम सञ्चालन गरिरहेको विशेष सूचनाको आधारमा उनीहरु गत शुक्रबार राति पक्राउ परेका थिए ।

अहिले उनीहरूलाई छुटाउन भारतमा हार-गुहार चलिरहेकाे छ । हिन्दुस्तान टाइम्सकाे अनुसार पक्राउ परेकाहरूकाे आफन्तले उनीहरुलाई छुटाउन भारतको विदेश मन्त्रालयलाई समेत गुहारेका छन् । समाचारकाे अनुसार आज साेमबार पक्राउ परेकाका आफन्तहरू विदेश मन्त्रालयमा जाने र भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेर उनीहरुलाई छुटाउन सहयोग माग्ने बताइएकाे छ ।

रिपाेर्टकाे अनुसार आफूसहितका पीडितका परिवारले स्वराजलाई इमेलमार्फत पत्र पठाइसकेको छ । रशिद नसिमका दाजु असिफ नसिमले विदेश मन्त्रालयलाई पठाएको पत्रमा तत्काल हस्तक्षेप गर्न भनिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तीन दिने विजनेश कार्यशालामा भाग लिन जाने क्रममा नेपाल प्रहरी पक्राउ गरेकाे उनीहरूले बताएका छन् । एक जना नेपालका नागरिक महेन्द्र सिंह सोही कार्यक्रममा रहेको र उनी विरुद्ध परेको उजुरीको आधारमा भारतीयलाई पनि पक्राउ गरिएको उनीहरूकाे दावी छ । ‘उनीहरु नेपालमा तीन दिने व्यवसायिक कार्यशालामा सहभागि हुन गएका थिए । तर उनीहरुलाई नेपाली महेन्द्र सिंहले उजुरी दर्ता गराएपछि पक्राउ परेका हुन्,’ देवेन्द्रले बताए ।

देवेन्द्रले नेपाली नागरिकले हालेकोे उजुरीको आधारमा भारतीय नागरिकलाई पक्राउ गर्नु निन्दनीय भएको बताए । उनीहरूले महेन्द्र सिंह बाहाेक अरुलाई कारवाही गर्न नमिल्ने पनि बताएका छन् ।

पक्राउ परेका १२ जनानै भारतको उत्तर प्रदेशका हुन् । पक्राउ पर्नेहरुमा भारत लखनउ घर भएका वर्ष ३३ को अजित कुमार सिंह, भारत इलाहावाद  घर भएका वर्ष ३२ को मोहमद सारजिल, भारत छत्तिसगढ घर भएका वर्ष ४५ को निरज कुमार मिश्र, भारत उत्तरप्रदेश घर भएका वर्ष ४३ को अशोक कुमार, भारत छत्तिसगढ घर भएका वर्ष ४३ को गिरि उपाध्याय छन् ।

यस्तै भारत उत्तर प्रदेश घर भएका वर्ष ४० को रमेश रामा, छत्तिसगढ गुजरात घर भएका वर्ष २२ को आयुष उपाध्याय, उत्तर प्रदेश घर भएका वर्ष ३८ को सुनिल उपाध्याय, उत्तरप्रदेश घर भएका वर्ष ३२ को काशिफ सकिल, वर्ष ३२ को गजेन्द्र कुमार सिंह र नयाँदिल्ली घर भएका वर्ष ४३ को रसिद नसिम पक्राउ परेका हुन् ।

रसिद याक एण्ड यतीमा नबसी दैनिक भण्डै रु दुई लाख तिरेर हायत रिजेन्सी होटलमा कोठा लिएर बसेको समेत प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com