बन्दक भएको नाटक गरी आफ्नै बुबासँग पच्चास हजार माग गर्ने छोरा पक्राउ


प्रकाशित मिति : जेष्ठ ५, २०७६ आईतबार

कास्की । बन्दक भएको नाटक गरी आफ्नै बुबासँग पच्चास हजार फिरौतीको माग गर्ने एक छोरा पक्राउ परेका छन् । कास्की जिल्लाको पृथ्बीचोकमा रहेको आईएमईबाट रकम निकाल्न प्रयास गरिरहेका रुपन्देहीका २२ वर्षीय मोहमद कमालुद्दिन मुसलमानलाई पक्राउ गरिएको हो । अहिले थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता धर्मराज अधिकारीले जानकारी दिनु भएको छ ।

यस्तो छ घटनाक्रमः

गत बैशाख पाँच गते रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका– ८ का स्थानीय बासिन्दा जोखन मुसलमानले आफ्नो छोरा मोहमद कमालुद्दिन मुसलमान घरबाट घुम्न निस्केका तर २५ दिनसम्म पनि घर नफर्केको भन्दै प्रहरीमाझ बैशाख ३० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निवेदन दिनुभएको थियो ।

प्रहरीले अनुसन्धान गरिहरेको समयमा मोहमद कमालुद्दिन मुसलमानले आफ्नै मोबाइल नम्बरबाट बुबा जोखन मुसलमानलाई फोन मार्फत आफूलाई अज्ञातस्थलमा बन्धक बनाई राखेको र २ लाख फिरौती माग गरेका जानकारी गराएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै पछिबाट उनले बुबालाई तत्काल ५०,०००।– (पच्चास हजार) रुपैया रकम दण्डपानी बरालको नाममा आईएमई गरी पठाउन बारम्बार दबाब दिइरहेका थिए । यसै क्रममा बुबाले पठाएको पच्चास हजार कास्की जिल्लाको पृथ्बीचोकमा रहेको एक आईएमईबाट पैसा निकाल्ने प्रयास गरिरहेका मुसलमानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मुसलमानमाथि सार्वजनिक नैतिक बिरुद्धको अभद्र व्यवहार सम्बन्धि मुद्दा दायर गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com