कर्म देशलाई मात्र पौखौँ


प्रकाशित मिति : जेष्ठ ५, २०७६ आईतबार

मेरा यी मनका शुभाशुभ जति;अर्पौँ म यो देशलाई !

कर्मैका बलले सजाऊँ म सँधै प्यारो जन्मभूमिलाई!!

!!

झुक्नलाई कदापि नदिऊँ शिर यो ;बनौँ हामी कर्म वीर !

स्वाभिमानी बनि जोगाऊँ देशको,इज्जत हाम्रै

खातिर

!!

 

देश हाम्रो हो हिरा ,यो धर्ती भरिको;

हिमाली शोभा दिने !

शान्तिको विगुलै फुकी सके उनै लुम्बिनिमा जन्मने!!

 

जोगाऊँ मिली यो भूमि भुवनको; तीनकोटी नेपालीले !

पारौ है झलमल्ल सुन्दर ,विकसित जाँगर र पौरखले

!!

मेरो देश अखण्ड होस् भनि सँधै;

मनको चाहना झुक्यो !

यसको शान बढोस् यो विश्व जगमा भन्ने बहाना ठुलो !!

 

सुन्दर यो नभमा जगत विजयको ,सत्कर्म हामी मिली गरौँ!

युवा काँध महाँ धरा विजयको जिम्मा जति सुम्पियौँ !!

 

देशका खातिरमा सँधै भरी युवा ;

लागुन बनि तल्लिन !

ज्ञान पोखि नभमा युवाहरु पुगुन;

बढाउन् देशको सम्मान!!

 

हामी  हाँसी रहुँ छरौँ भूमि भरी ;

माटो रमाई रहोस!

नेपाली मनका शुभा-शुभजति यो भूमिलाई परोस् !!८!!

 

सूर्य झुल्कदा झैँ रक्तिम त्यो गतिको

आभा लिई झलमल !

कालीको स्वरुपै बनि हरघडी उठौँ नारी हरपल !!९!!

 

सत्ताको मदबाट मुक्त बन लौ हे देश हाँक्नेहरु !

पैसा र पदलाई त्याग सहजै देशको विकासै गरी !!१०

 

के छैन भूमिमा लौ हेर खोतली ;युवा अगुवा बनाई!

बुद्दको भूमि हो हिमवत खण्ड पशुपति क्षेत्र जगाई !!

  • – शुबा 
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com