अष्ट्रेलियामा नेपाली भाषाको छोटो चलचित्र निर्माण


प्रकाशित मिति : जेष्ठ ५, २०७६ आईतबार

अष्ट्रेलियामा नेपाली भाषाको छोटो चलचित्र निर्माण भएको छ ।

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालको निर्वाचन नजिकिँदै गर्दा इनास साउथ अष्ट्रेलियाले निर्वाचन लक्षित जनचेतनामुलक छोटो चलचित्र सार्वजनिक गरेको हो ।

इनास साउथ अष्ट्रेलियाको ब्यानरमा निर्माण भएको उक्त छोटो चलचित्रमा निर्देशन आरसी थापाले गरेका छन् । चलचित्रमा आरसी थापा, विकास शर्मा पोखरेल, मिलन दाहाल, नारायण खड्का, एलिना पाण्डे र बिपना थापाको अभिनय रहेको छ ।

कार्कीको भोट नामक उक्त छोटो चलचित्रले मनोरञ्जन सँगसँगै सामाजिक सन्देश दिने दाबी गरिएको छ । एनआरएनए अष्ट्रेलियाका मतदातालाई आफ्नो स्वतन्त्रताको प्रयोग गर्न प्रेरित गर्ने उक्त छोटो चलचित्रले राम्रो नेतृत्व चयनमा भूमिका खेलोस भन्ने कथाकारको धारणा रहेको इनास साउथ अष्ट्रेलियाका अध्यक्ष मिलन दाहाल बताउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com