अष्ट्रेलियामा स्कट मरिसन पुनः प्रधानमन्त्री बन्ने निश्चित


प्रकाशित मिति : जेष्ठ ४, २०७६ शनिबार

अष्ट्रेलियामा हिजो सम्पन्न संघीय चुनावको मतगणाना जारी रहेको छ । तर सत्तारुढ दल लिवरल पार्टीका नेता तथा प्रधानमन्त्री स्कट मरिसन पुनः सत्तामा फर्किने लगभग निश्चित भएको छ ।

मोरिसन अष्ट्रेलियाको ३१ औँ प्रधानमन्त्रीमा नियुक्ति हुनेछन् । तर उनको सरकारलाई तेस्रो कार्यकालको लागि स्वतन्त्र सांसदहरुको सहयोग आवश्यक हुने देखिएको छ ।

अहिलेसम्म लिवरल गठबन्धनले ७४ र लेवर पार्टीले ६८ सिट प्राप्त गरेका छन् । सरकार स्थापनाको लागि तल्लो सदन वा प्रतिनिधिसभामा १५१ मध्ये कम्तिमा ७६ सिट आवश्यक पर्छ ।

यसैबीच विपक्षी दल लेवर पार्टीका नेता बिल शोर्टनले स्कट मोरिशनलाई फोन गरेर बधाई दिएका छन् । आफ्नो हार स्वीकार्दै उनले लेवर पार्टीको नेता पदबाट समेत हट्ने घोषणा गरे । उनले सांसदको पद भने नत्याग्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समर्थकहरूका सामु जितको घोषणा गर्दै प्रधानमन्त्री स्कट मोरिसनले आफूले चमत्कारमा विश्वास गर्ने बताएका थिए ।

उता लिवरल पार्टीबाट बार्टन क्षेत्रमा उठेका नेपाली मूलका उम्मेदवार परमेज श्रेष्ठ लेवर पार्टीकी नेतृ लिण्डा बर्नीबाट पराजित भएका छन् । पूर्व प्रधानमन्त्री टोनी एबट पनि स्वतन्त्र उम्मेदवार जाली स्टेगालसँग पराजित भएका छन् । मोरिसन सरकारमा अध्यागमन मन्त्री रहेका डेभिड कोल्म्यान, गृह मामिला मन्त्री पिटर डटन पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

अनिवार्य रुपमा मतदान गर्नुपर्ने नियम राखिएको अष्ट्रलियाको निर्वाचनमा करिब ९५ प्रतिशत मतदाताहरुले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी, ७० प्रतिशत मतगणना भइसकेको तथा निर्वाचनको पूर्ण नतिजा आउन अझै केही दिन कुर्नुपर्ने सञ्चारमाध्यमहरुले जनाएका छन् । यो निर्वाचनमा करिब ४७ लाख भोट खसेको निर्वाचन आयोगले बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com