मामाघर आएकी चार वर्षीया बालिका बलात्कृत


प्रकाशित मिति : जेष्ठ ४, २०७६ शनिबार

 मामाघर आएकी चार वर्षीया बालिका बलात्कृत भएकी छन् । २८ वैशाख शनिबारका दिन जानकीनगरबाट चन्द्रनगर मामाको घरमा आएकी बालिका बलात्कृत भएकी हुन् ।

मामाघरमा हजुरआमासँगै बजार घुम्न आएकी बालिकालाई चन्द्रनगर गाउँपालिका–२ बस्ने स्थानीय २६ वर्षीय रामजी साह तेलीले कपलचोक बजारनजिक रहेको मकैबारीमा लगी जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

करणीपछि बालिकाको गुप्तांगबाट रगत बगेको छ । बालिकाको जिल्ला अस्पताल मलंगवामा उपचारपछि अवस्था समान्य रहेको छ । बालिका हरिपुर नगरपालिका जानकीनगर घर भई मामाघर आएकी बालिकालाई अभियुक्त साहले ललाइफकाइ करणी गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com