परम्परागत मौलिक गहना संकटमा


प्रकाशित मिति : जेष्ठ ४, २०७६ शनिबार

नेपालमा ३० प्रतिशत महिलाले मात्रै परम्परागत मौलिक गर–गहनाको उपयोग गर्छन् । हिजो–आज मौलिक गहना संकटमा परेका छन् । विदेशी डिजाइनका गहनाले मौलिक गहनालाई विस्थापित गर्न थालेको जानकारहरु बताउँछन् ।

नेपाली मौलिक गरगहनालाई गुणस्तरयुक्त बनाई विदेश निर्यात गर्ने योजना बनाइरहँदा विदेशी डिजाइनका गरगहना बाधक बनेको सरकारी अधिकारी बताउँछन् । गरगहनामा नेपाली पत्थर प्रयोग गर्न र मौलिक गरगहनामा ध्यान दिनुपर्ने उनिहरुको तर्क छ ।

विश्वबजारमा नेपाली परम्परागत र मौलिक गरगहनाको माग पनि उच्च छ । तर निकासीका लागि राज्यले सहयोग गर्नुपर्नेमा व्यवसायीको माग छ । कच्चापदार्थको आयात, सुनको कोटामा बृद्धि र सहुलियत नपाउँदा विदेशी ब्राण्डसँग प्रतिस्पर्धा गर्न नसकेको उनिहरुको तर्क छ ।

अहिलेसम्म नेपालबाट विदेशमा मौलिक गरगहना निर्यात भएको एकिन तथ्यांक छैन् । विश्वबजारमा नेपाली मौलिक गरगहनालाई ब्रान्डिङ गरी निर्यात गर्न सके व्यापार घाटा घट्ने जानकारहरु बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा ३० प्रतिशत महिलाले मात्रै परम्परागत गहना लगाउने गरेको तथ्याङ्क छ । परम्परागत गहनाले नेपाली सांस्कृतिक पहिचान बोकेकाले यी गहना कहिल्यै विस्थापित नहुने उपभोक्ताहरु बताउँछन् ।

बजारमा अहिले चलेका र रुचाइएका परम्परागत गहनाहरूमा मङ्गलसूत्र, तिलहरी, नौगेडी, कण्ठमाला, बुलाकी, बाला, हेरबल, जन्तर, चुरा, शिरबन्दी छन् । नेपालमा पाइने जेम खनिजलाई उपयोगमा ल्याउने हो भने विदेशबाट आयात गरीने अर्बौं मूल्यका सुन र कच्चापदार्थमा गिरावट आउने सरकारी प्रक्षेपण छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com