मिडिया काउन्सिल विधेयक पारित हुन दिँदैनौ : सभापति देउवा


प्रकाशित मिति : जेष्ठ ४, २०७६ शनिबार

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले नेपाल मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा संसदबाट पास गर्न नदिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्ने कांग्रेसको अडान रहेको भन्दै सरकारले जबर्जस्ती गर्न खोजे पारित हुन नदिने चेतावनी दिनुभयो । कांग्रेसले संसदमा दर्ता भएका केही विधेयकको विरोध गर्दै आएको छ ।

सभापति देउवाले संविधानले नै प्रेस स्वतन्त्रता सुरक्षित गरेको अवस्थामा सरकारले प्रेसलाई नियन्त्रण गर्ने विधेयक ल्याएको आरोप लगाउनुभयो । नेपाल मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रता कुण्ठित गरेको भन्दै नेपाल पत्रकार महासंघ चरणबद्ध रुपमा संघर्षमा उत्रिएको छ । उहाँले विपक्षीको मागलाई बेवास्ता गरी सरकारले बजेट ल्याउने प्रयास गरे त्यसको प्रतिवाद गर्ने समेत चेतावनी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com