उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी,भोकमरी बढ्ने खतरा


प्रकाशित मिति : जेष्ठ ३, २०७६ शुक्रबार

उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ । समाचारमा जनाइएअनुसार यस खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ ।

यस देशको अवस्थाको बारेमा हामीले गम्भीर चासो लिएका छौँ– विश्व खाद्य कार्यक्रमका एकजना अधिकारीले जानकारी दिएका छन् । त्यहाँ खाद्यान्नको संकट हुनसक्ने उनीहरुले जनाएका छन् ।

उत्तर कोरियाले विगतमा गर्ने गरेका आणविक परीक्षणका कारण उसमाथि कडा खालका आर्थिक लगायतका नाकाबन्दीहरु लगाइएको छ । अर्कातर्फ यहाँ खडेरीका कारण खाद्यान्न अभाव हुनसक्ने भएकोले यसप्रति आफूहरु संयमित भएको ऊक्त कार्यत्रमका अधिकारीले जनाएका छन् ।

यीनै नाकाबन्दीका कारण विगतमा पनि उत्तर कोरियाले खाद्यान्न संकट व्यहोर्नुपरेको बताइएको छ । यस पटक खडेरी नै परेकोले उनीहरुलाई खाद्यान्न संकट पर्न सक्ने अनुमान गरिएको छ ।

यस प्राकृतिक प्रकोपका कारण अन्न उत्पादन पनि करिब पाँच लाख टन कमी आउने अनुमान गरिएको छ । त्यसैगरी कृषि उपजको कमी आउने र सिंचाईँको प्रबन्धको कमीका कारण खाद्य उत्पादनमा समस्या उत्पन्न हुने अनुमान गरिएको छ ।

यस वर्ष उत्तर कोरियामा सन् १९१७ यताकै सबैभन्दा थोरै पानी परेको छ । यस वर्षभरमा गत बुधबार ५६।३ मिलीलिटर मात्र पानी परेको थियो । जुन सन् १९१७ यताकै सबैभन्दा थोरै पानी परेको वर्षका रुपमा लिन सकिन्छ । यहाँको एक सरकारी पत्रिकाले यस खडेरीका कारण यहाँ गहुँ, मकै, आलु, सिमी तथा अन्य खाद्यान्न बाली लगाउने समय पनि गुज्रिएकोले अब विस्तारै खाद्यान्न संकटको समस्या देखिँदै जाने जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com