किस सिनमा माधुरीलाई थकथकी


प्रकाशित मिति : जेष्ठ ३, २०७६ शुक्रबार

बलिउड अभिनेत्री माधुरी दीक्षित ५२ औं (मे १५) जन्मदिन मनाइन् । बलिउडमा माधुरी धक धक गर्लको नामले परिचित छिन् । उनी उत्कृष्ट नृत्य, अभिनय र अदा भएकी नायिका हुन् ।

माधुरीले आफ्नो करियरमा धेरै सम्झन लायक फिल्म दिएकी छन् । तर माधुरी फिल्म ‘दयावान’मा दिएको किस सिनले आज सम्म पछुतो मान्ने गरेकी छिन् । उनले एक अन्तर्वार्तामा यो सिन गर्ने इच्छा नभएको बताएकी थिइन । यो फिल्ममा उनले आफु भन्दा २० वर्ष जेठो नायक विनोद खन्नासँग लिप लकको सिन दिएकी थिइन । यो सिनको कारण माधुरीले निकै आलोचना खेप्नु परेको थियो । उनले दयावनपछि कुनै फिल्ममा किस सिन दिएकी छैनन् ।

किस सिनले गर्दा माधुरी मिडियामा निकै छाइन । तर उनलाई दर्शकले मौका दिएका थिए । माधुरीको आलोचना हुदा पनि उनको क्रेज भने कायमै थियो । ५० कट्दा पनि माधुरीको क्रेज दर्शक माझ उस्तै छ ।एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com