महिलाले विष खाइन्, उपचारका बेला मुखमा बिस्फोटः डाक्टरसमेत हैरान


प्रकाशित मिति : जेष्ठ ३, २०७६ शुक्रबार

रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिनुभएको छ । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ ।

अझै पनि सडक सञ्जालमा जोडिन नसकेको उक्त ठाउँकी २० वर्षीया मल्ल रिवाङचौर स्वास्थ्यचौकी चारगाउँमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । मल्लको अहिले भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भइरहेको बताइएको छ । मल्ललाई सेनाको हेलिकप्टरमार्फत भेरी अञ्चल अस्पताल पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवनकुमार साहले बताउनुभयो ।

सुत्केरी व्यथा लागेको उहाँलाई वैशाख ३० गते मङ्गलबार स्वास्थ्यचौकी रिवाङचौरमा भर्ना गरिएको थियो । तीन दिनसम्म पनि सुत्केरी हुन नसकेपछि बिहीबार मात्र जिल्ला प्रशासन कार्यालयमा यो कुरा जानकारी हुनआएको र तुरुन्तै हेलिकप्टर बोलाई सुत्केरीको उद्धार गरिएको सहायक प्रजिअ साहले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com