जुम्ला गुठीचौर गाउँपालिका–४ मा रहेको राष्ट्रिय भेडाभाख्रा अनुसन्धान फार्मको तीन लाख वर्गमिटर जग्गा तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले पत्नी, छोरी र नातागोताका नाममा दर्ता गराएको पाइएको छ ।
अभिलेख अनुसार जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत न्यौपानेले सेवामा रहेका बेला (२०६६) पत्नीसहित १४ जना नातागोताका नाममा पाँच सय ९० रोपनी जग्गा दर्ता गरेका हुन् । न्यौपाने अहिले सेवानिवृत्त छन् ।
न्यौपानेले पदीय अधिकार दुरुपयोग गरी भेडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा पत्नी, छोरी र नातागोताको नाममा दर्ता गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा डिबी बुढाले लेखेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।