ब्रेकअप हुँदा जिन्दगी बेरंग हुन्छ : शाहिद कपूर


प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहीबार

बलिउड अभिनेता शाहिद कपूर अभिनित फिल्म ‘कबीर सिंह’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा शाहिदले पागल प्रेमी साथै ब्रेकअप भएपछि बिग्रिएका युवकको भुमिका निभाएका छन् ।

फिल्ममा यस्तो भुमिका हेरेपछि उनको विगतको ब्रेकअपको प्रसंग चलिरहेको थियो । शाहिद र करिना कपूर प्रेममा रहेको कुरा हरेकलाई थाहा छ । शाहिदको नाम प्रियंका चोपडा र विद्या बालनसँग पनि जोडिएको थियो ।

तर करिनासँग भने उनी गहिरो प्रेममा थिए । ट्रेलर सार्वजनिक कार्यक्रममा शाहिदलाई तपाईले आफुलाई कसरी सम्हाल्नु भयो भन्ने प्रश्न गरिएको थियो । सुरुमा उनले जवाफ दिन हिच्किचाएका थिए । तर बिस्तारै कुरा खोल्दै जाँदा उनले आफु पनि पिडादायिक अवस्थामा पुगेको बताए ।

उनले भने, ‘त्यस समय मेरो लागि निकै खराब सावित भयो । म क्लिन सेभ गर्थें । जसले गर्दा आफ्नो पिडा लुकाउन सजिलो हुन्थ्यो । दिल कसको तोडिदैन । सबैको तोडिन्छ तर कबीर सिंह लेवलमा केहि पनि जाँदैनन् । दिल टुट्दा केहि पनि ठिक छ जस्तो लाग्दैन । सबै कुरा ब्ल्याक एण्ड व्हाइट फिल्म जस्तै लाग्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिन्दगी बेरंग हुन्छ । तर यो सब चिजबाट आफै बाहिर आउनुपर्छ ।’ सन्दीप रेड्डीले निर्देशन गरेको फिल्ममा शाहिद र कियारा अद्वानीको मुख्य भुमिका रहेको छ । यो फिल्म जुन २१ मा प्रर्दशन हुँदैछ ।एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com