चन्द्रमामा पनि भूकम्प !


प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहीबार

भुइँचालो पृथ्वीमा मात्र जाँदैन। चन्द्रमामा पनि धेरै भूकम्प जाने गरेको वैज्ञानिकहरुले बताएका छन् । चट्टानले बनेको साथै त्यहाँ भौगर्विक गतिविधि निकै कम हुने गरेपनि चन्द्रमामा धेरै भूकम्प जाने गरेको उनीहरुले बताएका छन् ।

यतिबेला चन्द्र सतहमा चकम्प (चन्द्रमा कम्प) अर्थात भुकम्प गइरहेको छ। चन्द्रमामा जाने भूकम्पलाई मुनक्वेक भनेर चिनिन्छ भने त्यो ४ प्रकारका हुन्छन् । सूर्यको तापले हुने, उल्काहरुका कारण हुने भूकम्प र डिप क्वेक सामान्य हुने भएपनि स्वालो मुनक्वेक भने खतरनाक हुने गरेको छ । स्वालो मुनक्वेक ५ दशमलव ५ रेक्टर स्केलसम्मको हुने र यसको कम्पन १० मिनेटसम्म रहन सक्ने वैज्ञानिकले बताएका छन् ।

अमेरिकी अन्तरिक्ष निकाय नासाले १२ हजारवटा तस्वीरको अध्ययन गरेर पृथ्वीको एक मात्र उपग्रह चन्द्रमा लगातार खुम्चिँदै गएको निष्कर्ष निकालेको छ । नासाकाे अनुसार चन्द्रमाको भित्री सतह चिसिँदै गएकाले खुम्चिँदै गएको हाे । अहिलेसम्म चन्द्रमा ५० मिटरजति खुम्चिसकेकाले नै त्यहाँ चकम्प अर्थात भुइँचालो गइरहेको नासाले जनाएको छ।

नासाका अनुसार चन्द्रमाको सतहमा दरार देखापर्न थालेका छन्, जसका कारण मानिसको अनुहारमा चाउरी परे जस्तो चन्द्रमामा पनि चाउरी परेको छ । नासाले लुनार रिकोनेसा अर्बिटरबाट लिइएको तस्वीरको अध्ययन गरेर यसको जानकारी सोमबार प्रकाशित रिपोर्टमा दिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तस्वीर विश्लेषणपछि नासाले चन्द्रमाको उत्तरी ध्रुवनजिक मारे फ्रिगोरिसमा चिरा परेको र त्यो आफ्नो ठाउँबाट घर्किएको जनाएको छ ।

चन्द्रमामा टेक्टोनिक प्लेट हुँदैन तर त्यहाँ पनि टेक्टोनिक गतिविधि भेटिएकाले वैज्ञानिकहरू आश्चर्यमा परेका छन् । वैज्ञानिकहरूका अनुसार, चन्द्रमामा यस्ता गतिविधि ऊर्जा गुमाउने प्रक्रियाअन्तर्गत साढे ४ अर्ब वर्षअघि भएको थियो ।

यसले गर्दा चन्द्रमाको सतहमा किससिममा जस्तो चाउरी पर्ने गर्छ । प्रक्रिया चल्दा चन्द्रमामा भूकम्प आउँछ । ऊर्जा गुमाइरहेका कारण चन्द्रमा विगत लाखौं वर्षयता लगभग १५० फीट खुम्चिएको छ । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com