दमकमा महिलालाई जिस्क्याएको निहुँमा खुकुरी प्रहार हुँदा दुई जना घाइते भएका छन् । बुधबार राति दमक ५ का स्थानीय दीपक चौलागाइले खुकुरी प्रहार गर्दा सोही ठाउँका यादव राई र उनकी पत्नी पेमा तामाङ घाइते भएका हुन् ।
प्रहरीकाे अनुसार खुकुरी प्रहारबाट राईको टाउकोमा चोट लागेको छ । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । राईको श्रीमती पेमालाई सामान्य चोट लागेको बताइएको छ ।
उक्त घटना दमक ५ की बिन्दु थापालाई राईले मोबाएलमा म्यासेज पठाएर अनावश्यक दुःख दिएका कारण बिन्दुकै आग्रहमा चौलागाईले राईमाथि खुकुरी प्रहार गरेको प्रहरीको अनुमान छ । बिन्दुलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।