जिल्लाकी एक सुत्केरीलाई एक महिनाअघिबाट गोठमै राखिएको छ । सुत्केरीलाइ घरभित्र राख्नुहुन्न भन्ने परमपरागत सोचका कारण जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–५ की धर्मा बुढा सुत्केरी भएको समयमा पनि गोठमा बस्न बाध्य छिन् ।
उनलाइ परिवारकै सदस्यहरुले त्यहा राखेका हुन् । दिउँसै अँध्यारो गोठ निहुरिएर भित्र पस्नुपर्ने अवस्थाको छ । गोठमा झ्याल छैन, सानो दुलोजस्तो ढोका छ ।
एकातिर गोरु छन् भने अर्कोतिर कुखुराको खोर छ । त्यहीँ उनी नवजात शिशुलाई लिएर बस्दै आएकी छिन् । यो खबर आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।