सांसदले मागे १०–१० करोड
प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार
k|wfgdGqL cf]nL ;+;bdf k|ltlglw;efsf] gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejgdf d+unaf/ a;]sf] a}7sdf k|wfgdGqL s]kL zdf{ cf]nL ljlgof]hg ljw]osdflysf] 5nkmndf ;fj{hlgs dxTjsf ljifodf af]Ng’x’Fbf pkl:yt ;f+;b . tl:a/ M /f]zg ;fksf]6f, /f;;
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम चार करोडबाट १० करोड पुर्याउन सांसदहरुले लबिङ बढाएका छन् । कार्यक्रमको रकम वृद्धि गर्न सांसदहरुले सभामुखदेखि सत्तापक्षका संसदीय दलका उपनेता, अर्थमन्त्रीसम्मलाई दबाब दिइरहेका छन् ।
प्रत्येक निर्वाचन क्षेत्रमा यो कार्यक्रममार्फत चार करोड रुपैयाँ दिइँदै आएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलले लेखेका छन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई लिएर सांसदहरु तीन धारमा विभाजित देखिएका छन् । अधिकांश सांसदले कार्यक्रमको रकम बढाएर १० करोड बनाउन माग गरिरहँदा केहीले भने यो कार्यक्रम हटाउनुपर्ने बताएका छन् ।






