खसोखासकर्मी गौतम न्यूयोर्क च्याप्टर बोर्ड सदस्य उम्मेदवार
प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार
एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा खसोखासकर्मी रविकुमार गौतम न्यूयोर्क च्याप्टरको बोर्ड सदस्यका उम्मेदवार छन् । लामो समयदेखी न्यूयोर्क क्षेत्रमा रहेर व्यवसाय गर्दै आएका गौतम समाजसेवामा पनि व्यस्त छन् ।
२०१९ २०२१ को निर्वाचनमा होमिएका गौतम बिशेषगरी न्यूयोर्कमा रहेको नेपाली समुदायको हितमा बषौंदेखी काम गर्दै आएका छन् । कानुन व्यवसायीसंग समेत रहेर काम गरेका गौतम अनुभवी समाजसेवी तथा व्यवसायीका रुपमा परिचित छन् ।
एनआरएनए प्रवासमा रहेका नेपालीहरुको एउटा बिशुद्ध सामाजिक संस्था हो, यसैले आफुलाई संस्थागत रुपमा काम गर्नका लागि मैले उम्मेदवारी दिएको हुँ, गौतमले भने ।
गौतमले आफु इमान्दार भएर संस्थाको हितमा काम गर्ने प्रतिवद्धता सहित आफुलाई अत्याधिक बहुमतले बिजयी गराउन आग्रह गरेका छन् । गौतम परिवार सहित करिव एक दशकदेखी न्यूयोर्कमा बस्दै आएका छन् ।






