बाबा फाउन्डेशनको शैक्षिक सामाग्री वितरण जारी


प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार

बाबा फाउन्डेशन नेपालद्वारा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्ने अभियान जारी छ । गण्डकी प्रदेशलाई केन्द्र बनाई यस क्षेत्रका विभिन्न जिल्लामा शैक्षिक सामाग्री वितरण भइरहेको फाउन्डेशनका कार्यक्रम संयोजक दिपक वि.क. ले बताए ।

‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउन्डेशनको अभियान’ भन्ने नाराका साथ आरम्भ गरिएको अभियानबाट हालसम्म करिब ११ सय जना विद्यार्थी प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । यस शैक्षिक सत्रसम्म करिब पाँच सय विद्यार्थीलाई अभियानमा सहभागी गराउने योजना रहेको सचिव टंकराज अधिकारीले बताए ।

फाउन्डेशनले पोखरा महानगरपालिका भित्रका ३३ वटै वडामा सम्बन्धित वडा कार्यालयको सिफारिसमा १०÷१० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने अभियान जारी छ । सचिव अधिकारीका अनुसार मंगलबार मात्र पोखरा महानगरपालिकाका वडा नं १० स्थित अमरसिंह मा.वि., सितलादेवि मा बि र सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

यसैगरी भिमाद नगरपालिका वडा नं. २ टेक्रेभञ्याङस्थित बाल विकास मा.वि. र रिसिङ गाँउपालिका वडा नं. ८ स्थित बाल शिक्षा निकेटन मा.वि का विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शैक्षिक सामाग्रीका अलावा फाउन्डेशनले बालअधिकार संरक्षण र प्रवद्र्धन एवं वातावरण संरक्षणले सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । वातावरण संरक्षण अन्तर्गत वृक्षारोपण र फोहोर व्यवस्थाका लागि विभिन्न स्थानमा डसविन वितरण गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१९ भित्रमा पोखरा महानगरपालिकालाई बालमैत्री महानगर बनाउने महानगरको लक्ष्यलाई सहयोग गर्न फाउन्डेशनले महानगरकै सहयोगमा प्रत्येक वडामा बालबालिकाहरूलाई संगठित गर्ने र उनीहरूलाई बालमैत्री अभिमुखीकरण, बालअधिकार, बालमैत्री विद्यालय, बाल क्लब तथा बालमञ्च गठन जस्ता कार्यक्रम गर्दै आएको फाउन्डेशनका बोर्ड सदस्य प्रेमप्रसाद शर्माले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com