दुई विमान आकाशमा ठोक्किएपछि…

सोमबार अपरान्ह अमेरिकाको अलास्कास्थित केत्चिकनमा दुई विमान आकाशमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ । यसबारे प्रिन्स क्रुज लाइन्सले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

उक्त दुर्घटना स्थानीय समयानुसार १ बजेको हो ।

यूएस फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार कून केव इलाका नजिकै द हेविल्याण्ड डिएचसी–२ बीवर र द हेविल्याण्ड अटर डिसी–३ विमान ठोक्किएका हुन् । दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । बीवरमा पाँच र अटरमा ११ यात्रु सवार थिए । बीवरमा सवार सबै यात्रुको मृत्यु भयो । चारको स्थिती गम्भीर बताइएको छ ।

ताक्वान एयरद्वारा सञ्चालित पानीमा समेत तैरने सानो ‘फ्लोट प्लेन’ १० जना यात्रुसहित अलास्काको मिस्टी जोर्डसको भ्रमणबाट फर्किरहेको थियो ।

Loading...

अर्कोमा रोयल प्रिन्सेस क्रुजका चार यात्री सवार विमान पनि अर्को यात्राबाट फर्किरहेको विज्ञप्तिमा बताइएको छ ।

रोयल प्रिन्सेस विमानका चार यात्रु र पाइलटको मृत्यु भएको पुष्टि भएको छ ।

ताक्वान एयर प्लेनका ९ यात्रुलाई उद्धार गरिएको छ भने उनीहरुको उपचार भइरहेको छ  । उक्त विमानका एकजना हराइरहेको जानकारीमा उल्लेख छ । विज्ञप्तिमा पाइलटलाई के भयो भन्ने जानकारी दिइएको छैन ।

भिडियो हेर्नुहोस्

Loading...


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com