अबको बाटो आर्थिक समृद्धि: राष्ट्रपति


प्रकाशित मिति : माघ १८, २०७३ मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान जारी भएसँगै राजनीतिक सङ्क्रमणकालको अन्त्य भएकाले अबको बाटो आर्थिक समृद्धि भएको बताउनुभएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्सहरुको प्रथम दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अबको प्राथमिकता मुलुकको द्रुततर आर्थिक सामाजिक रुपान्तरण भएकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रा प्राकृतिक, बौद्धिक, भौतिक साधन स्रोतको अत्यधिक परिचालन र बाह्य पुँजी, सीप र प्रविधिको यथोचित सदुपयोग गर्नु आजको प्रमुख आवश्यकता हो ।”

व्यापार, उद्योगधन्दा, कलकारखाना र वित्तीय संस्थाको विस्तारबाट अर्थतन्त्रको विकास भएसँगै लेखापरीक्षकको जिम्मेवारी र भूमिका अभिवृद्धि हुने बताउँदै उहाँले पेसागत कर्तव्यपालना गर्ने क्रममा आउने बाधा र अड्चनलाई संस्थाको आचारसंहितामा रही निष्पक्षताका साथ पूरा गर्न कटिबद्ध रहनुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रपति भण्डारीले पेसागत बफादारी, कर्तव्यपरायणता तथा जिम्मेवारी कायम गरी आफ्नो ज्ञान अनुभव सीप र दक्षतानुरुप समुदाय, समाज तथा देशको हितका लागि कार्य गर्न आग्रह गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले चार्टर्स एकाउन्टेन्ट्सले तयार पारेको आर्थिक प्रतिवेदनबाट बजेटका सामग्री तर्जुमा गर्न निर्णयलाई महत्वपूर्ण सघाउ पुग्ने भएकाले सरकारी तथा निजी क्षेत्रको आर्थिक अनुशासन र पारदर्शिता र उत्तरदायित्वमा एकाउन्टेन्ट्सको भूमिका निकै महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले लेखा व्यवसायीको कार्यसम्पादनबाट संस्थागत आर्थिक अनुशासन कायम भई विश्वसनीय वित्तीय विवरण तयार भई राष्ट्रको अर्थव्यवस्था मजबुत हुने पनि बताउनुभयो ।

लगानीकर्ताको प्रतिफल सुनिश्चित गर्न, लगानीको वातावरण बनाउन, राज्यको कर प्रशासनलाई पारदर्शी, चुस्त र परिपक्व बनाउन तथा व्यवसायसँग सम्बन्धित परामर्शका लागि सिएहरुको योगदान अतुलनीय रहनेमा राष्ट्रपतिले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले लेखा क्षेत्रमा थप प्रगतिका लागि व्यावसायिक इमान्दारीलाई सदैव ध्यान दिनुपर्ने बताउनुभयो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा चिरञ्जीवीप्रसाद शर्माले विश्वव्यापीकरणमा लेखापरीक्षकको महत्वपूर्ण भूमिका रहेकाले विश्वसनीय बन्दै लेखा व्यवसायीको गरिमालाई उँचो बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले ती सय २९ सिएलाई दीक्षित गर्नुभएको थियो । नेपाल चार्टर्ड एकान्टेन्स संस्थाका अध्यक्ष महेश खानालले मुलुकमै पहिलो पटक भएको दीक्षान्त समारोहले लेखा व्यवसायको गरिमा बढाएको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com