पशुपति र स्वयम्भूका धेरै बाँदर बिरामी


प्रकाशित मिति : माघ १८, २०७३ मंगलबार

राजधानीको पशुपति र स्वयम्भू क्षेत्रका अधिकांश बाँदर रोगी पाएका छन् । उपत्यकामा मात्र एक हजारभन्दा धेरै बाँदर छन् । तीमध्ये पशुपति र स्वयम्भू क्षेत्रका अधिकांश बाँदर रोगी रहेको विज्ञहरूले बताएका छन् ।

रासायनिक विषादीयुक्त अप्राकृतिक खाना, साँघुरो बासस्थानजस्ता कारणले धेरै बाँदर रोगी भएको विज्ञहरूले बताएका छन् । ती क्षेत्रका अधिकांश बाँदरमा एक दर्जनभन्दा धेरै रोग देखिएको उनले बताए । र, त्यस्ता बाँदर मानिसका लागि खतरा बन्दै गएको पनि उनले बताए । ‘बाँदरमा लागेको रोगका कीटाणु मान्छेमा सर्‍यो भने उपचार नहुने अवस्था आउन सक्छ,’ चालिसेले भने ।

पशुपति–स्वयम्भूमा धेरै बाँदर
राजधानीमा मात्र बाँदरको संख्या एक हजारभन्दा धेरै छ । त्यसमा पनि पशुपति र स्वयम्भूमा बाँदरको संख्या बढी रहेको छ । पशुपति क्षेत्रमा ४ सय ४५ र स्वयम्भूमा ४ सय ५० बाँदर छन् । संख्या बढी भएकाले बासस्थान र खानाको अभाव छ । जसका कारण बाँदरहरू बढी रोगी भएका हुन् । थापाथली क्षेत्रमा ५०, गोकर्णमा ७५, साँखुमा एक सय २५ र नीलवाराही क्षेत्रमा ७५ बाँदर छन् ।

‘जंगलमा भएमा फलपूmल र पात खाँदा बाँदरको स्वास्थ्य राम्रो हुन्छ । तर, फलपूmल र पातको अभावमा जे भेटिन्छ त्यही खाने गरेको देखिन्छ,’ विज्ञ चालिसेले भने । चाउचाउ, बिस्कुट, आइसक्रिम, आलु चिप्सलगायत तेलबाट बनेका खानेकुरा खाँदा बाँदरको स्वास्थ्यमा असर परेको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाँदरमा देखिएका रोग
धेरैजसो बाँदरलाई क्षयरोग, बे्रनट्युमर, छालासम्बन्धी, रौँ खुइलिने, खोकी, दम, जुका पर्नेजस्ता रोग देखिएका छन् । झाडापखाला र होइड्रोसिलको समस्या पनि धेरै बादरलाई रहेको छ । त्यसैगरी पोथी बादर (सुन्दरी)लाई पाठेघर खस्ने, रक्तश्राव हुनेजस्ता समस्या देखिएको विज्ञ मुकेश चालिसेले जानकारी दिए ।

देशभर तीन प्रजातिका बाँदर
नेपालमा मुख्य गरी रातो, पहरे र लंगुर बाँदर पाइन्छ । रातो बाँदरको संख्या सबैभन्दा धेरै छ । रातो बाँदरको संख्या देशभर एक लाख रहेको अनुमान छ । पहरे र लंगुर बाँदरको संख्या ४०–५० हजारजति रहेको अनुमान छ ।

अप्राकृतिक स्वभाव देखियो
अस्वस्थ्य भएकै कारण ती क्षेत्रका बाँदरले अप्राकृतिक स्वभावसमेत देखाउने गरेको विज्ञहरूको भनाइ छ । छिटो बढ्ने, छिट्टै बच्चा जन्माउने, धेरै बच्चा जन्माउने र छिट्टै मर्ने क्रियाकलाप देखाउने गरेको बाँदरविज्ञ मुकेश चालिसेले बताए । सामान्यतया बादरले एउटा मात्र बच्चा जन्माउने गरे पनि यस क्षेत्रका बाँदरले चारवटासम्म बच्चा जन्माउने गरेका छन् । बाँदरले सामान्यतया पाँच वर्षपछि मात्र बच्चा जन्माउने गरे पनि पशुपति र स्वयम्भू क्षेत्रमा देखिएका बाँदरले दुई वर्षमै बच्चा जन्माउने गरेका छन् । सामान्य अवस्थाका बा“दरको आयु २५ देखि ३० वर्ष भए पनि यहाँका बाँदर १२ वर्षभन्दा धेरै बाँच्ने गरेका छैनन् । नयाँ पत्रिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com