अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनमाथि आक्रमण


प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनमाथि हातपात भएको छ ।

अल्बुरीमा आयोजित एक समारोहमा प्रधानमन्त्री मोरिसनमाथि अण्डा प्रहार गरिएको हो । अष्ट्रेलियन महिला संगठनले आयोजना गरेको कार्यक्रममा सहभागी एक युवतीले प्रधानमन्त्रीमाथि अण्डा प्रहार गरेको समाचारमा उल्लेख छ । तर अण्डा भने नफुटेको पाइएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

अण्डा प्रहार गर्ने युवतीलाई तत्कालै सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएका छन् । तर उनको परिचय र उदेश्यबारे भने केही खुलाइएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com