अष्ट्रेलियाको अभिभावक भिसाको शुल्क घट्दैन : मन्त्री कोल्मेन


प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार

अष्ट्रेलियाका इमिग्रेसन मन्त्री डेभिड कोल्मेनले अभिभावक भिसाको शुल्क नघट्ने बताएका छन् । उनले नयाँ अभिभावक भिसा स्पोन्सर भिसा रहेको र स्पोन्सरको अर्थ सबै खर्च तथा सम्भावित खर्च व्यहोर्नु रहेकोले अहिले तोकिएको शुल्क सही रहेको बताएका छन् ।

नयाँ स्पोंसर्ड अभिभावक भिसा १० वर्ष सम्म बस्न पाइने गरि लागु गरिएको छ । उक्त भिसामा तीन वर्षको लागि ५ हजार डलर, पांच वर्षको लागि १० हजार डलर शुल्क लाग्छ । जस अनुसार, उक्त भिसामा आमाबुवा ल्याउन चाहनेको आम्दानी ८३ हजार ४ सय ५० डलर भन्दा माथी हुनुपर्नेछ।

स्पोंसर्ड भिसाको लागि तोकिएको शुल्क तथा तोकिएको आम्दानीको मापदण्ड बढी भएको भन्दै अष्ट्रेलियामा रहेका आप्रवासीले शुल्क फेरबदल हुनुपर्ने माग गरिरहेका छन् । त्यस्तै, लेबर पार्टीले शुल्क घटाउनको लागि आफूहरुले पहल गर्ने बताइरहेका छन् ।

यसैबीच इमिग्रेसन मन्त्रीले स्पोंसर्ड अभिभावक भिसाको शुल्क फेरबदल नहुने बताएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com