अष्ट्रेलियामा यौन हिंसाको आरोपमा भारतीय आध्यात्मिक गुरु पक्राऊ


प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार

अष्ट्रेलियामा यौन हिंसाको आरोपमा एक भारतीय आध्यात्मिक गुरु पक्राऊ परेका छन् ।

आनन्द गिरि नाम गरेका ती भारतीय योगा शिक्षक हुन् । उनले आफू अध्यात्मिक गुरु समेत रहेको दाबी गर्दै आएका छन् । ३८ वर्षीय गिरि आध्यात्मिक भ्रमणको लागि अष्ट्रेलिया आएका थिए ।

भारत फर्किने तयारीमा रहेका उनलाई प्रहरीले आइतबार पक्राऊ गरेको हो ।

गिरिले प्रार्थनाको क्रममा एक २९ वर्षिया महिला र अर्की ३४ वर्षिया महिला माथि यौन हिंसा गरेको आरोप छ । अदालतमा आइतबार भएको सुनुवाईपछि उनलाई बुधबार फेरी अदालतमा उपस्थित गराइने भएको छ ।

जमानत अस्विकार भएका कारण उनी अहिले प्रहरी हिरासतमा नै छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com