‘ट्रम्पले हिलारीलाई हराउँदा ओबामा अत्यधिक दुःखी र बेचैन भएका थिए’


प्रकाशित मिति : बैशाख २२, २०७६ आईतबार

अमेरिकी वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पसँग हिलारी क्लिंटन हार्दा पूर्व राष्ट्रपति बराक ओबामा अत्यधिक दुःखी र बेचैन भएको अर्को हप्ता सार्वजनिक हुने एक किताबको नयाँ अध्यायमा बताइएको छ ।

न्यूयोर्क टाइम्सका संवाददाता  पिटर बेकरद्वारा लिखित किताब ‘ओबामाः द कल अफ हिष्ट्रि’ को नयाँ अध्यायमा उनले आफ्नो उत्तराधिकारीबारे प्रश्न चिन्ह खडा गर्दै क्लिंटनको साटो ट्रम्पलाई जिताउने मतदातालाई व्यक्तिगत रुपमा अपमानित गरेको बताएका छन् । राष्ट्रपतीय चुनावका बेला ओबामाले हिलारी क्लिंटनको समर्थनमा अत्यधिक अभियान गरेका थिए ।

‘अत्यधिक पीडा’ चुनावको केही हप्तापछि ओबामाले ओभल मिटिङका बेला आफ्ना कर्मचारीलाई भने, न्यूयोर्क पोष्टका डेभिड रेम्निकलाई स्रोतले बतायो । ‘यो साँच्चै नै पीडादायी छ ।’

बेकरले भने, ‘ओबामालाई ट्रम्पमाथि निकै शंका थियो । जनताले अत्यधिक अनुभवी हिलारी क्लिंटनलाई हराएर ट्रम्पलाई किन जिताए भनेर रहस्यमयी तरिकाले हेरेका थिए ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओबामाले आफ्नो किताबमा क्लिंटन आफै र उनको चुनावी अभियानका कारण उनले हार व्यवहोर्नु परेको बताएका थिए ।

‘ओबामा र उनको समूहले यसका लागि सम्पूर्ण दोष हिलारीलाई नै दिएका छन्,’ बेकरले उक्त किताबमा लेखेका छन् । ‘ओबामाले ८ वर्षअघि आफ्नो चुनावी अभियानमा जुन नीति अपनाएका थिए ट्रम्पले पनि त्यही नीति अनुसरण गरे । उनले हिलारीलाई यथास्थितीवादको रुपमा उभ्याइदिए । हिलारीले थुप्रै समस्या आफैंले निम्त्याएकी थिइन् ।’

‘ओबामा चुनाव हुने दिन एउटा आशासहित उठे । उनी एउटा कुरामा ढुक्क थिए कि आफ्नो सत्तालाई डोनल्ड ट्रम्पको हातमा सुम्पिनु पर्दैन,’ बेकरले लेखे । ‘ओबामाले ट्रम्पलाई एक रियालिटी टिभी स्टारको रुपमा मात्र हेरेका थिए । अमेरिकी जनताले उनलाई छान्ने कुरा सपनामा पनि सोचेका थिएनन् ।’

चुनाव भएको बेलुका, जब समस्या देखिन थाल्यो तब ओबामा ह्वाइट हाउसको थिएटरमा फिल्म हेरेर बसे ।

पूर्व फर्स्ट लेडी मिशेल ओबामाको संस्मरणका अनुसार उनले भने, ‘हँ, फ्लोरिडाको नतिजा निकै अचम्मको देखिएको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com