आमा बनेको एक वर्षपछि बिहे गर्दै न्यूजील्याण्डकी प्रधानमन्त्री


प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार

न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले आफूसँगै बस्दै आएका प्रेमीसँग विवाह गर्ने टुंगो लगाएकी छन् । प्रधानमन्त्री कार्यालयले त्यसको पुष्टि गरेको छ । उनले एउटा कार्यक्रममा आफ्नो बाँयाँ हातको औंलामा औँठी लगाएको देखिएपछि बिहेको छिनोफानो भएको अनुमान गरिएको थियो ।

पत्रकारितामा इन्टर्नशिप गरिरहेका एक युवाले त्यसबारे सोधखोज गरे र प्रधानमन्त्री कार्यालयमा त्यसबारे जानकारी मागे । त्यसपछि प्रधानमन्त्रीका प्रवक्ताले बिहेको छिनोफानो भएको पुष्टि गरे।

उनका प्रेमी क्लार्क गेफोर्ड टेलिभिजनका कार्यक्रम प्रस्तोता हुन् । उनीहरू लामो समयदेखि विवाह नगरे पनि सँगै बस्थे । उनीहरूले गत वर्ष छोरी जन्माएका थिए । पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टो पछि पदमा रहँदा आमा बन्ने जसिन्डा आर्डन दोस्रो महिला प्रधानमन्त्री हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहेको छिनोफानो भएको खबर सञ्चार माध्ययममा आएपछि प्रधानमन्त्री आर्डनले रेडियो न्यूजिल्यान्डसँग भनिन्, ‘म निकै भाग्यमानी छु । मसँग यस्तो साथी छ, जसले मलाई साथ दिन्छ, जसले संयुक्त जिम्मेवारीको ठूलो अंश आफूले लीरहेको छ किन कि उ एउटा अभिभावक पनि हो ।’

आर्डनले गत वर्ष अक्टोबर महिनामा प्रधानमन्त्री छँदै छोरी जन्माइन् र संयुक्त राष्ट्रसंघको एउटा बैठकमा चार महिनाकी छोरीलाई काखमा लिएर सहभागी भएपछि पहिलो पटक अन्तर्‍ाष्ट्रिय चर्चामा आएकी थीइन् । त्यहाँ उनले अनेक सल्लाह–सुझाव पाएकी थीइन् ।

त्यसबारे उनले भनेकी थीइन्, ‘मलाई धेरै आवश्यक नभएका सल्लाह प्राप्त भएका छन् । तिनलाई के गरूँ भन्ने मलाई थाहा छैन । तर सल्लाह दिनेहरूलाई म धन्यवाद दिन चाहन्छु ।’ उनले संसार भरीका कामकाजी महिलालाई जागिर र जिम्मेवार पदमा रहँदा पनि एकजना महिलाले आमाको जिम्मेवारी पनि सम्हाल्न सक्छिन् भन्ने सन्देश दिएकी थीइन् ।

दुई जनाबीच पहिलो पटक सन् २०१२ मा एुटा पुरस्कार वितरण कार्यक्रममा भेट भएको सञ्चार माध्यमहरूले जनाएका छन् । आर्डन सन् २०१७ को जुलाईमा विपक्षी नेताको रूपमा पहिलो दिन एउटा टिभी कार्यक्रममा गएकी थीइन् । कार्यक्रममा उनलाई करिअर र बच्चामध्ये पहिलो प्राथमिकता के हुन्छ भनेर सोधियो ।

त्यसबेला उनले जवाफ दिएकी थीइन्, ‘कहिले बच्चा जन्माउने भन्ने कुरा एउटि महिलामा निर्भर हुन्छ । यदि उनले जागिर गरिरहेकी छन् भने गर्भवती हुने अवसर पाइन्न भन्ने सोच्नु हुन्न ।’

न्यूजिल्यान्डको क्राइस्टचर्चका दुई मस्जिदमा भएका विस्फोटपछिको अवस्थामा उनको प्रस्तुतिको विश्वभरी प्रशंसा भयो । २८ वर्षको उमेरदेखि संसद्मा पुगेकी उनी स्वयम् पीडितका घर गैइन् र अङ्गालो हाल्दै न्युजिल्यान्ड उनीहरूको घर भएको भन्दै आड भरोसा दीइन् ।

पीडित परिवारसँगको कुराकानीपछि प्रधानमन्त्री आर्डनले भनिन्, “हामीले विविधता, करूणा र दयाको प्रतिनिधित्व गर्छौं । यो देश उनीहरूको घर हो जसले हाम्रो मूल्य मान्यता मान्छन् । यो ती शरणार्थीहरूको घर हो जसलाई यसको खाँचो छ ।’

त्यस्तो अभिव्यक्ति दिएर चर्चामा आएकी उनी अहिले बिहेको छिनोफानोका कारण अन्तर्‍ाष्ट्रिय चर्चामा आएकी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com