अमेरिकामा दुई जनाको हत्या आरोपीलाई मृत्युदण्ड


प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार

दुई जनाको हत्यामा दोषी ठहर भएका एक व्यक्तिलाई संयुक्तराज्य अमेरिकाको जर्जिया राज्यमा बिहीबार मृत्युदण्ड दीएको छ । जर्जिया जेल अधिकारीहरुका अनुसार बिहीबार स्थानीय समय अनुसार साँझ ९.३८ बजे ५२ वर्षिय स्कटी मोरो नामक व्यक्तिलाई घातक सुई दिएर मृत्युदण्ड दीएको थियो ।

सन् १९९४ मा मोरोले पूर्व प्रेमिकाको घरभित्र प्रवेश गरी तीन जना महिलालाई गोली हानेकामा दुई जनाको मृत्यु भएको थियो ।

पूर्व प्रेमिकाको मृत्यु भएको उक्त गोलीकाण्डमा उनका पाँच वर्षीय छोरा बाँच्न सफल भएका थिए । मोरोलाई सन् १९९९ मा मृत्युदण्डको सजाय सुनाइेको थियो तर अदालती प्रक्रियाका कारण पुनः मुद्दा लम्बिएको थियो ।

जर्जिया सर्वोच्च अदालतले सन् १९९९ कै फैसलालाई सदर गरी मृत्युदण्डको सजाय सुनाएको थियो । (रासस-एएफपी)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com