अष्ट्रेलियाको पीआर भिसाको लागि अप्रिल महिनामा मात्र १ सय इन्भिटेसन


प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार

अष्ट्रेलियाको पीआर भिसाको लागि इन्भिटेसनमा कमी आएको छ । पीआर भिसाको रुपमा लिइने सबक्लास १८९ भिसाको लागि अप्रिल महिनामा १ सय मात्र इन्भिटेसन सार्वजनिक भएको छ ।

त्यस्तै, स्किल्ड रिजनल प्रोभिजनल भिसा (सबक्लास ४८९) को लागि १० इन्भिटेसन सार्वजनिक भएको छ । अप्रिलमा ८० पोइन्टबाट इन्भिटेसन काटिएको बताइएको छ ।

गतवर्ष सबक्लास १८९ को लागि अप्रिल महिनामा ३ सय इन्भिटेसन सार्वजनिक भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com