न्युयोर्कमा पूर्वप्रधानमन्त्री नेपालका ८ घण्टा, तस्वीरमा वर्ल्ड ट्रेड सेन्टर घुमघाम


प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार

अमेरिकाको कोलोराडोमा पारिवारिक कार्यक्रममा भाग लिन जाने क्रममा मंगलबार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको न्युयोर्कमा ट्रान्जिट परेको थियो । लामो ट्रान्जिट भएका कारण उहाँले त्यो समय समर्थक, शुभचिन्तकसँगको भेटघाट र घुमघाममा बिताउनुभयो ।

जोन अफ केनेडी विमानस्थलमा विहान १० बजेतिर नेपाललाई स्वागत गर्न राष्ट्रसंघका लागि नेपाली मिसन र कन्सुलेट कार्यालयका अधिकारीहरुका साथमा नेता नेपालका शुभचिन्तक, समर्थकहरु विमानस्थलमा पुगेका थिए । त्यसपछि ज्याक्सनहाइटमा केही व्यक्तिलाई भेटेपछि नेता नेपाल म्यानहटनमा रहेको राष्ट्रसंघका लागि नेपाली मिसनको कार्यालयमा पुग्नुभयो ।

निपाली नियोगमा नेता नेपालको स्वागत गरिएको थियो भने केहीबेर कर्मचारीहरुसँग छलफल भएको थियो । त्यसपछि वल्र्ड ट्रेड सेन्टरमा घुमघाममा बिताउनुभएका नेता नेपाल सन्नीसाइडमा रहेको नेपाली रेष्टुरेण्टमा भेटघाटसँगै खाना खाएर बेलुका विमानस्थलमा पुग्नुभएको थियो ।

नेता नेपालले विश्व ब्यापारिक केन्द्र आसपासको भ्रमण गर्ने क्रममा खसोखासले खिचेका केही तस्वीरहरु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com