अष्ट्रेलियामा पार्टनर भिसाको लागि एप्लाई गरेका व्यक्तिको पार्टनरले इमिग्रेसनमा ब्रेकअप भयो भनिदिएपछि उनको भिसा एप्लिकेसन रद्द भएको छ ।
अष्ट्रेलियाका ती व्यक्ति र उनको पार्टनरले विवाह गरेका थिएनन् । पार्टनरको स्पोनरसिपमा उनले पार्टनर भिसाको लागि आवेदन दिएका थिए । तर पार्टनरले इमिग्रेसनमा आफूहरुको ब्रेकअप भएको भनिदिएपछि उनको भिसा एप्लिकेसन रद्द भएको छ ।
ती व्यक्तिले आफ्नो पार्टनरसंग संगै बसेको प्रमाण, ऊसंग सम्बन्धमा रहेको प्रमाण र संगै बस्दा जिम्मेवारी निभाएको भए, ती प्रमाण पनि नहुँदा ती व्यक्तिको एप्लिकेसन रद्द भएको अधिकारिहरुले बताएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।