घटना भएको १२ वर्षपछि तीन फरार अभियुक्त पक्राउ


प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार

कर्तव्य ज्यान मुद्दामा फरार रहेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले साढे १२ वर्षपछि पक्राउ गरी अदालतमा बुझाएको छ । उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका–२ कामीगाउँका २७ वर्षीय देवबहादुर विकलाई देउसी खेल्न जान नमानेको आरोपमा कुटपिट गरी विसं २०६३ कात्तिक ७ गते सोही ठाउँका आठ जनाले हत्या गरेका थिए ।हत्यापछि शवसमेत गुपचुप राख्न जलाइेको थियो ।

घटनापछि मृतकका भाइ गमबहादुर विकले ४० वर्षीय सार्की विक, ५९ वर्षीय बमबहादुर विक, ३४ वर्षीय हेमडल्ला विक, ४५ वर्षीय पूर्णबहादुर विक, ३१ वर्षीय मङ्गले कामी, अंअृता विक र पञ्चमाया विकविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रहरीको लामो अनुसन्धानपछि जिल्ला अदालत धादिङले विसं २०७४ मङ्सिर १९ गते अंअृता र पञ्चमायालाई सफाइ दिएको र बाँकी सबैलाई कैद गर्ने फैसला गरेको थियो । फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार बैद्वारले सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

घटनापछि संलग्न आठमध्ये फरार रहेका तीन जनालाई वैशाख ११ र १५ गते प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वैशाख ११ गते काठमाडौँको गौशलाबाट ४० वर्षीय सार्की विकलाई पक्राउ गरिएको थियो । उनलाई दुई वर्ष कैद तोकिएकाले जिल्ला अदालत पेश गरी कारागार पठाइेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै अैतबार दुईलाई पक्राउ गरिएको छ । रुबिभ्याली गाउँपालिका–२ निवासी ५९ वर्षीय बमहादुर विकलाई तिप्लिङको कामीगाउँबाट पक्राउ गरिएको छ भने सोही ठाउँका ३४ वर्षीय हेमडल्ला विकलाई रसुवाको आमा छोदुङमो गाउँपालिका–५ प्राजुङबाट पक्राउ गरिएको छ ।

बमबहादुर र डल्ला दुवैलाई २० वर्ष कैद तोकिएको छ । घटनामा संलग्न गाउँपालिका–२ बस्ने ४५ वर्षीय पूर्णबहादुर विकलाई विसं २०६४ भदौ ११ गते नै पक्राउ गरिएको थियो । उनलाई पुर्पक्षमा १० वर्ष कैद जरिवाना तोकिएको थियो ।

त्यस्तै सोही ठाउँका ३१ वर्षीय मङ्गले कामी भन्ने डिलबहादुर विक विसं २०७३ जेठ ३ गते पक्राउ परेका थिए । उनलाई दुई वर्ष कैद तोकिएको थियो ।

अर्का आरोपी रुबिभ्यालीकै २८ वर्षीय कालु विकलाई २० वर्षको कैद तोकिएकामा उनको दुई वर्ष अगाडि नै मृत्यु भएको परिवारले प्रहरीलाई जानकारी दिएको छ । उनको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com