मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निःशुल्क हुने


प्रकाशित मिति : माघ १५, २०७३ शनिबार

स्वास्थ्य मन्त्रालयले आगामी फागुन १ गतेदेखि बाथ मुटुरोगीको भल्वशल्यक्रिया पूर्ण निः शुल्क गर्ने भएको छ ।  स्वाथ्यमन्त्री गगनकुमार थापाले ‪आज शहीद गंगालाल हृदय केन्द्रको २१औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा फागुन १देखि बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निःशुल्क गर्ने घोषणा गर्नु भएको हो ।

उहाँले यो सेवा निःशुल्क गर्नका लागि आवश्यक संपूर्ण प्रक्रिया पुरा भईसकेकाले सहजै कार्यान्वयन हुने पनि जानकारी दिनुभयो ।
उहाँको घोषणापछि बाथ मुटुरोगीको भल्व शल्यक्रिया सेवा दिदै आएका सवै सरकारी अस्पतालहरुमा जुनसुकै नेपालीले निःशुल्क रुपमा यो सेवा पाउने भएका हुन् ।

मन्त्री थापाले यसअघि अन्य विभिन्न रोगका विरामीहरुलाई पनि यस्तै प्रकारको राहत तथा सहुलीयतको व्यवस्था गर्नु भएको थियो ।
कार्यक्रममा उहाँले काम गर्ने उमेरका धेरै युवाहरुमा बाथ मुटुरोग लागी भल्व शल्यक्रिया गर्नु पर्ने भएकाले यस व्यवस्थाले ठुलो जनशक्तिलाई रहत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री थापाले यस बर्ष भित्रमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सेवा काठमाडौ उपत्यका बाहिरका कम्तीमा पनि दुई ठाउमा विस्तार गरिने बताउनु भयो । सेवा विस्तारका लागि एउटा टोलीले गृहकार्य तिव्र पारेको जानकारी दिदै उहाँले सहयोगका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आह्वान पनि गर्नुभयो।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, सांसद तथा अस्पताल संचालक समितिका सदस्य नरहरि आचार्य लगायतले अस्पतालको प्रशंसा गर्दै सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन आग्रह गर्नु भएको थियो ।
सो अवसरमा स्वास्थ्य मन्त्री थापाले अस्पताल परिसरमा बनाउन लागिएको बहिरंग तथा आकस्मीक सेवा भवनको सिलन्यास समेत गर्नु भएको थियो । सो भवन झण्डै ४८ करोडको लागतमा तीन बर्षमा बनाउने लक्ष्य राखिएको अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com