३५ वर्षे साइप्रसका सेनाले सात महिलाको हत्या गरेको स्विकारे, एक नेपाली हुनसक्ने
प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार

साइप्रसमा एक व्यक्तिले सात महिलाको हत्या गरेको आरोप स्विकारेका छन् ।
स्थानीय मिडियाले यसलाई साइप्रसमा भएको ‘श्रृङ्खलाबद्ध हत्याको पहिलो मामला’ बताइरहेका छन् ।
दुईवटा शव यसै महिना बाटोमा भेटिएका थिए भने तेस्रो बिहिबार भेटिएको थियो ।
मुख्य संदिग्ध ३५ वर्षका ग्रीक–साइप्रस मूलका सैन्य अधिकारीले थप हत्या गरेको कुरा स्विकारेका छन् ।
उनीबाट पाएको सूचनाको आधारमा अब पुलिसले बाँकी शवको खोजीमा जुटिरहेको छ ।
यीमध्ये एक महिला जो भारतीय वा नेपाली मूलको हुनसक्ने बताएको छ । श्रृङ्खलाबद्ध हत्यामा ज्यान गुमाउने रोमानियाकी एक महिला र उनकी आठ वर्षकी छोरी पनि छिन् ।
बेलायती अनुसन्धानकर्तासँग पनि मागियो मद्दतः
हत्या गरिएकी अर्की महिलाको पनि ५ वर्षीया छोरी हराइरहेकी छिन् ।
अनुसन्धानकर्ताले बिहिबार नै तेस्रो महिलाको शव बरामद गरेको छ । संदिग्ध आफैंले अनुसन्धानकर्तालाई उक्त स्थानमा लिएर गएका थिए ।
संदिग्धले यी महिलालाई उनले डेटिङ वेबसाइटमार्फत् भेटेका थिए तर यी महिला सन् २०१७ डिसेम्बरमा हराएकी थिइन् ।
अहिलेसम्म शव बरामद गरिएका तीन महिला फिलिपिन्स मूलका हुन् ।
संदिग्ध्को नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
पुलिसले अनुसन्धानका लागि बेलायती अनुसन्धानकर्ताको पनि मद्दत मागेका छन् ।