रानी पोखरी निर्माणमा महानगरको दुई करोड डुब्यो


प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार

रानीपोखरी निर्माणमा महानगरपालिकाले दुई करोड घाटा व्यहोरेको छ । रानीपोखरी पुननिर्माण गर्ने १० वैशाख ०७३ मा निर्माण व्यवसायी वल्र्डवाइड कँडेल के एन्ड केजी जेभीसँग ६ करोड २९ लाखमा सम्झौता भएको थियो ।

काम सुरु गर्न महानगरले दुई करोड तीन लाख भुक्तानी गरेको थियो । तर, पुरातत्व विभागले परम्परागत शैलीमा  बनाउन निर्देशन दिएपछि करिब दुई वर्षपछि १२ पुस ०७४ मा ठेक्का रद्द भयो । जसका कारण निर्माण कम्पनीलाई भुक्तानी गरेको रकम महानगरलाई नोक्सानी भएको महालेखाले औँल्याएको छ । यो समाचार नयाँ पत्रिकामा सुवास भट्टले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com