अष्ट्रेलियाको सङ्घीय निर्वाचनमा नेपालीमुलका भुवन खड्काको उम्मेदवारी


प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार

आगामी मे १८ मा हुन गइरहेको अष्ट्रेलियाको सङ्घीय निर्वाचनमा नेपालीमुलका भुवन खड्काले उम्मेदवारी दिनुभएको छ ।

संसदको माथिल्लो सदनका लागि खड्काले ग्रीन्स पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको हो । खड्का ग्रीन्स उम्मेदवारहरूको सुचीमा चौथो नम्बरमा रहेका छन्। त्यसैले चुनावमा ग्रीन्स पार्टीले सीट जित्न सफल भए पनि उनि भन्दा अगाडिका तीनवटै उम्मेदवारहरू केही कारण बस संसदमा नरहने परिस्थिति आए मात्र खड्काले सिनेट सदस्य बन्न पाउनुहुनेछ ।

सन् २००८ मा नेपालबाट अष्ट्रेलिया आउनुभएका खड्काले दुई वर्ष अघि पनि पश्चिम अष्ट्रेलियाको राज्य निर्वाचनमा बेल्मन्ट नामक निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०१४ देखि अष्ट्रेलियन राजनीतिमा सामान्य सहभागिता जनाउन थाल्नुभएका खड्का २०१६ मा भएको राज्यस्तरको निर्वाचनमा उम्मेदवारी पाए पछि सक्रिय राजनीतिमा होमिनुभएको हो । पहिले उहाँ लेबर पार्टीप्रति झुकाव राख्नुहुन्थ्यो ।

तर ग्रिन्स पार्टीको जलवायु परिवर्तन र आप्रवासन सम्बन्धी नीतिले गर्दा यो पार्टी प्रति आफ्नो लगाव बढेको उहाँको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com