ट्रान्सपरेन्सी इन्टरनेशनलको सूचकांकमा नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक


प्रकाशित मिति : माघ १२, २०७३ बुधबार

भ्रष्टाचार अवधारणा सूचकांक ट्रान्सपरेन्सी इन्टरनेशनल २०१६ ले ्नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक देखाए जनाईएको छ ।

१७६ देशलाई अध्यान गरिएकोमा नेपाल सूचकांकमा २९ अंक पाएर १३१ औं स्थानमा रहेको भ्रष्टाचार अवधारणा सूचकांक रहेको पाईएको छ । गत वर्ष १६८ देशलाई समावेश गरिएको सूचकांकमा नेपाल २७ अंकसहित १३० औं स्थानमा थियो ।

नेपालले यो वर्ष पाएको अघिल्लो वर्षको अंक २ बढी हुनुले भ्रष्टचारको अवधारणामा सामान्य सुधार आएको हो कि भन्ने देखिएको छ । तर, नेपालले पाएको अंकमा भएको थोरै फेरबदलले भ्रष्टाचारमा कमी आएको भन्न नमिल्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।

यो वर्ष भ्रष्टाचार अवधारणा सूचकांकमा रहेका १०० भन्दा बढी देशले ५० भन्दा कम अंक पाएका छन् । र, विश्वव्यापी रुपमा रहेको भ्रष्टाचारमा सुधार आएको नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

दक्षिण एसियाली देशहरुमा भुटान सबैभन्दा कम भ्रष्ट मुलुक बनेको छ । ६५ अंकसहित भुटान भ्रष्टाचार अवधारणा सूचकांकको २७ औं स्थानमा छ । भारत ४० अंकसहित ७९ औ, माल्दिभ्स र श्रीलंका ९५ औं स्थानमा छन् । पाकिस्तान नेपाल भन्दा अगाडि छ, ३२ अंक पाएको पाकिस्तान ११६ औं स्थानमा छ ।

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र न्यूजिल्याण्ड पनि परेका छन् । दुबै देशले ९० अंक पाएका छन् । १० अंक पाएको सोमालिया भने विश्वकै भ्रष्ट मुलुक बनेको छ ।
नेपाल भने बंगलादेश र अफगानिस्तान भन्दा मात्र अगाडि छ । बंगलादेश १४५ औं स्थानमा छ भने अफगानिस्तान १५ अंकसहित १६९ स्थानमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com