यस्ता भए ‘स्याउजत्रो आकार’मा जन्मिएका जापानी बच्चा [ भिडियो ]


प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार

जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकको अहिले १३ गुणा तौल बढेको छ ।

ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए । रिउसुके सेकिनो नाम राखिएका ती बालककी आमा तोशिकामा उच्च रक्तचापकी बिरामी थिइन् । चिकित्सकहरुले तोशिकाको २४ हप्ता पाँच दिनको गर्भबाट सफलतापूर्वक सिजेरियन गरी ती बालकलाई जन्म दिएका थिए । गत अक्टोबर १, २०१८ का दिन जन्मेका ती बालकको तौल जन्मदा २५८ ग्राममात्र थियो ।

जापानमा यो दोस्रो अनौठो घटना हो । यसअघि अघिल्लो वर्ष जापानमै जन्मिएका अर्का एक बालकको तौल २६८ ग्राम थियो । ती बालकलाई गत फेब्रुअरीमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो । अस्पतालको इन्टेन्सिभ केयरमा सात महिना राखेपछि रिउसुकेको तौल १३ गुणा बढेको थियो ।

Image result for 258 gram baby

अहिले ती बालकको तौल ३ किलोग्रामभन्दा बढी भइसकेको छ । ती बच्चालाई जापानको नागानो बाल अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ । “जन्मिदा बच्चा यति सानो थियो कि छुँदै भाँच्चिएला जस्तो लाग्थ्यो । मलाई त अति डर लाग्थ्यो” आमा तोशिकाले बताइन् ।

‘अहिले ऊ दूध पिउँछ । हामीले उसलाई नुहाइदिन थालेका छौं । मलाई अति खुशी लागेको छ,’ उनले भनिन् । विश्वमै सबैभन्दा कम तौलकी बालिका सन् २०१५ मा जर्मनीमा जन्मिएकी थिइन् । जन्मिदा उनको तौल २५२ ग्राम मात्र थियो ।

अति साना बालबच्चाको बाँच्ने दर केटीहरुको भन्दा केटाहरुको कम हुने गर्दछ ।

Image result for 258 gram baby

 

 

भिडियोमा हेर्नुहोस्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com