यसरी बित्यो मेरो बाल्यकाल


प्रकाशित मिति : माघ १२, २०७३ बुधबार

जीवन सुखदुःखको मिश्रण हो भन्छन् । तर, मेरो जीवनमा दुःखको लामो शृंखला नै चल्यो । यो शृंखलाको पहिलो ‘इपिसोड’ म चार वर्षको हुँदा नै सुरु भयो । त्यतिवेला म घरमा बाख्राका पाठाहरूसँग खेल्थेँ । पिँढीमा डोकोभित्र म र बाख्राका पाठा बस्थ्यौँ । ती पाठासँग समय बितेको पत्तो नै हुँदैनथ्यो ।

मेरो घर अमलेखगन्जमा ‘हाइवे’छेउमै थियो । बुवाले ‘हाइवे’पारि एउटा छाप्रो बनाउनुभएको थियो । चर्को गर्मी हुँदा हामी त्यहाँ जान्थ्यौँ । एकदिन म बाख्राका पाठासँग खेल्दै थिएँ । बुवा घरबाट निस्किएर छाप्रोमा जानुभयो । एकछिन पछि म पनि डोकोबाट निस्किएर छाप्रोतिर गएँ ।

‘हाइवे’को बीचमा पुग्द-नपुग्दै मलाई एउटा ट्रकले ठक्कर दियो । म रोडमा पछारिएँ । मेरो टाउकोमा गम्भीर चोट लागेको रहेछ । टाउकोमा मात्रै आठवटा टाँका लगाउनुपर्‍यो । दाहिने हात भाँचियो । अहिले पनि सीधा हुँदैन । दुई महिना अस्पताल बसेपछि म घर फर्किएँ रे ! त्यो घटनामा मेरो आशै मारिएको थियो रे !

घरको आर्थिक अवस्था कमजोर भए पनि पढ्नुपर्छ भन्ने चेतना थियो । घरभन्दा तीन किलोमिटर पर एउटा स्कुल थियो । म त्यहीँ जान्थेँ । बिहान उठेपछि गाईगोरुलाई जंगलमा लैजानुपथ्र्यो । बस्तुलाई जंगलमा लगेर छाडेपछि घर आएर स्कुल जान्थेँ । स्कुलबाट फर्केपछि बिहान जंगलमा छाडिएका गाईगोरु लिन जानुपथ्र्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आमाले कहिलेकाहीँ चिउरा र चिनी मिसाएर खाजा बनाइदिनुहुन्थ्यो । हाफ पाइन्टको गोजीमा त्यो चिउरा राखेर खाँदै गाई लिन जान्थेँ । चिउरा सकिनेवेला गुलियो बढ्दै जान्थ्यो । त्यतिवेला लाग्थ्यो, सधैँ यस्तै मीठो खान पाए पो ! नयाँ पत्रिका दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com