अनौठो जानकारी : जे रुसमा मात्र हुन्छ


प्रकाशित मिति : माघ १२, २०७३ बुधबार

रुसबारे अनेक किसिमका खबरहरू बाहिर आइरहेका हुन्छन् । त्यस्ता कतिपय खबर त झट्ट सुन्दा हामी विश्वास गर्न पनि सक्दैनौँ । रुसबारे त्यस्तै केही अपत्यारिला कुराहरू :

रुसमा प्रत्येक वर्ष १२ सेप्टेम्बरमा सार्वजनिक बिदा दिइन्छ । यो बिदा त्यहाँका कर्मचारीले आफ्नो पार्टनरसँग समय बिताऊन् भनेर दिइने बिदा हो । रुसको जन्म वृद्धिदर बढाउन यस्तो बिदा दिने गरिएको हो । तर, योभन्दा पनि अनौठो त के भने यसको नौ महिनापछि यदि कुनै बच्चाको जन्म भयो भने रुसी कम्पनीहरूले त्यो परिवारलाई नगद तथा अन्य जिन्सी सामग्री उपहारस्वरूप दिन्छन् ।

रुसका मानिसहरू घरभित्र सिटी बजाउँदैनन् । घरभित्र सिटी बजायो भने घरको सबै पैसा खर्च हुन्छ भन्ने मान्यता त्यहाँ पाइन्छ

रुसमा प्रत्येक वर्ष ‘बबल बाबा’ नामको कार्यक्रम आयोजना गरिएको हुन्छ, यो कार्यक्रममा मानिसहरू ‘सेक्स टोय’ लिएर पौडिन पुग्छन्

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसमा बच्चाहरूसँग समलिंगीबारे कुरा गर्न दिइँदैन । यस्तो कुरा गर्नु गैरकानुनी हो र यस्तो गरेको पाइएमा जेल सजाय पनि हुन सक्छ ।

रुसमा प्रत्येक दिन ७० देखि ९० लाख मानिसले मस्को मेट्रो रेल प्रयोग गर्छन् । यो संख्या अत्यन्त ठूलो हो, न्युयोर्क र लन्डनमा सार्वजनिक यातायात प्रयोग गर्नेको संख्या जोड्दा पनि मस्को मेट्रो प्रयोगकर्ताको संख्या झन्डै दोब्बर हुन्छ ।

एउटा रिसर्चका अनुसार एक वर्षमा रुसी वयस्कले ४.८ ग्यालेन रक्सी पिउँछन् । त्यसो त अत्यन्त धेरै भोड्का खाएकाले प्रत्येक वर्ष हजारौँको ५५ वर्षभन्दा कम उमेरमै  मृत्यु हुने तथ्यांक अर्को एक रिसर्चले दिएको थियो ।

रुसमा धनी व्यक्तिहरू ‘हेभी ट्राफिक’ (ट्राफिक जाम)बाट बच्न एम्बुलेन्सको प्रयोग गर्छन् । र, यो त्यहाँका लागि गैरकानुनी पनि होइन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com