राज बब्बरलाई दौडाई दौडाई जुत्ताले हान्ने धम्की - KHASOKHAS

राज बब्बरलाई दौडाई दौडाई जुत्ताले हान्ने धम्की

भारतको फतेहपुर सिकरीबाट बहुजन समाज पार्टी (बसपा) उम्मेद्वार गुड्डू पण्डितको एउटा भिडियो सार्वजनिक भएको  जसमा उनले राज बब्बरलाई ‘दौडाई दौडाई’ जुत्ताले हान्ने धम्की दिइरहेका छन् ।

उनले उत्तर प्रदेश कांग्रेसका चीफ राज बब्बरलगायत उनका सहयोगीलाई झुटो फैलाएको आरोप लगाएका छन् ।

उनले धम्की दिँदै भनेका छन्, ‘सुन राज बब्बरका कुकुरहरु, तिमीहरुलाई र तिम्रा नेतालाई दौडाई दौडाई जुत्ताले हान्नेछु जसले समाजमा झुटो फैलाएका छन् । गंगा माताको कसम जहाँ भेट्छु जुत्तै जुत्ताले हान्नेछु, तँ र तेरा दलालहरुलाई ।’

 

मङ्लबार, बैशाख ३, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com