चट्याङ लागेर एकको मृत्यु
प्रकाशित मिति : बैशाख २, २०७६ सोमबार

पर्वतको मोदी गाउँपालिका–४ हलहलेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय तारादेवी पुन रहेका छन् ।
सोमबार बेलुकी चट्याङ लागेर गम्भिर घाइते भएका पुनलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल लगिएको थियो । अस्पतालमै पुनको निधन भएको हो ।