धेरै ओभरस्टे हुने देशका नागरिकलाई भिसा प्रतिबन्ध लगाउने अमेरिकी सरकारको तयारी


प्रकाशित मिति : बैशाख २, २०७६ सोमबार

अमेरिकामा विभिन्न गैरआप्रवासी भिसामा आएर भिसा सकिएपछि पनि नफर्कने अर्थात् धेरै ओभरस्टे हुने देशका नागरिकलाई अमेरिकी भिसामा प्रतिबन्ध लगाउने वा कडाई गर्ने तयारीमा ट्रम्प प्रशासन लागेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीलाई उद्धत गर्दै यसबारे वाल स्ट्रीट जर्नलले रिपोर्ट प्रकाशित गरेको छ ।

आर्थिक सन् २०१७ मा अमेरिकामा विभिन्न गैरआप्रवासी भिसामा आएर ओभरस्टे हुने नेपालीहरु २ दशमलव ३३ प्रतिशत रहेको छ । उक्त बर्ष ५६४ जना नेपालीहरु अमेरिकामा ओभरस्टे भएका थिए । २०१७ मा अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरु (एफ, एम र जे भिसा वाहक) २२ दशमलव २२ प्रतिशत अर्थात् ७९० जना रहेका थिए । नेपाली विद्यार्थीहरु अमेरिकामा ओभरस्टे हुनेमा विश्वका २५ देशहरुभित्र पर्छन् ।

यद्यपी अमेरिकन सबैभन्दा धेरै ओभरस्टे दर अफ्रिकी देशहरुका नागरिकहरुको रहेको छ । चाड, बुर्किना फासो, लाइबेरिया, साउथ सुडान, सोमालिया जस्ता देशका नागरिकहरु अमेरिकामा आइसकेपछि फर्कने दर निकै कम रहेको छ ।

ह्वाइट हाउसका प्रवक्ता होगन गिड्लेले ओभरस्टे दर कम गर्नु प्रशासनको प्राथमिकता रहेको बताएका छन् । होमल्याण्ड सेक्युरिटीका अधिकारीका अनुशार राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता भिसा ओभरस्टे हुने देशका नागरिकलाई भिसामा कडाई वा प्रतिबन्ध लगाउनेगरी यसैसाता घोषणा गर्नसक्नेछन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

अमेरिकी सरकारका अनुशार आर्थिक बर्ष २०१७ मा ७ लाख १ हजार ९ सय जना व्यक्ति अमेरिकामा विभिन्न गैरआप्रवासी भिसामा आएर ओभरस्टे भएका थिए । तर ट्रम्प प्रशासनले कुन कुन देशमाथि प्रतिबन्ध वा कडाई गर्न लागेको हो भन्नेबारे भने सार्वजनिक गरिएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com